• १४:४२ २०८० चैत्र १६ गते
  • 2:42 pm

कानुन नभएकाले प्रधानन्यायाधीश नियुक्ति राेकिएको हाे: प्रधानमन्त्री कार्यालय

प्रकाशित मिति

२०७९ फाल्गुन १८ गते, बिहीबार ०१:४७

pradhanma

१८ फागुन २०७९, काठमाडौँ: प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले कानुन नभएकाले प्रधानन्यायाधीश नियुक्त गर्न नसकिएकाे जनाएकाे छ । कार्यालयले बिहीबार सूचना जारी गर्दै प्रधानन्यायाधीशकाे नियुक्तिसम्बन्धी सिफारिस प्रक्रिया अगाडि बढाउन नसकिएकाे जनाएकाे हाे ।


अधिवक्ता कपिलदेव ढकालले प्रधानमन्त्री कार्यालयमा सूचनाकाे हक प्रयाेग गरी दर्ता गरेकाे निवेदनमा जवाफ दिँदै कानुन नभएकाले नियुक्ति प्रक्रिया अगाडि बढाउन नसकिएकाे सूचना अधिकारी कविता फुयालले जनाएकी छन् । फागुन १ गते नेपाल बार एसोसिएसनले सर्वोच्च प्रधानन्यायाधीश नियुक्ति गर्न भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको थियाे ।


गत वर्ष फागुन १ गते महाअभियोग लागेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा निलम्बनमा परेपछि न्यायपालिका कायममुकामको भरमा चल्दै आएको छ ।


राणाकाे निलम्बनपछि वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश बनेका थिए । झण्डै ८ महिना कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेपछि उनले उमेरहदका कारण अवकास पाएपश्चात् न्यान्यायाधीश हरिकृष्ण कार्कीले यो जिम्मेवारी सम्हालेका छन् ।

suchana3

प्रतिकृया