सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढ्यो, प्रति तोला एक लाख २ हजार ६ सय कायम
प्रकाशित मिति
२०७९ फाल्गुन १८ गते, बिहीबार ०१:३४

१८ फागुन २०७९, काठमाडौँ: सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायि महासंघका अनुसार बिहीबारका लागि प्रति तोला एक लाख २ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।
बुधबार सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला एक लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटेपनि स्थानीय बजारमा बिहीबार स्थिर छ। बुधबार तोलामा १५ रुपैयाँले बढेर प्रति तोला एक हजार २ सय ७० रुपैयाँ कायम थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य सामान्य बढेको छ। बिहीबार सुन प्रतिऔंस १८३४.२१ डलरमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतिऔंस १८३१ ३४ डलर थियो । चाँदीको मूल्य भने घटेको छ। बुधबार प्रतिऔंस २१.०९ डलर रहेको चाँदी बिहीबार घट्दै २०.९५ डलरमा आइपुगेको छ ।
प्रतिकृया