ऋषी धमलासँग नाम जोडिएकी शर्मिला वाइबाद्वारा आत्महत्याको प्रयास
प्रकाशित मिति
२०७९ फाल्गुन १८ गते, बिहीबार ०१:०६

१८ फागुन २०७९, काठमाडौँ: पत्रकार ऋषी धमलासँग नाम जोडिएपछि चर्चामा आएकी शर्मिला वाइबाले विष पिएर आत्महत्याको प्रयास गरेकी छन् । उनको अहिले वीर अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।
बुधबार राति उनले काठमाडौँको बानियाँटारस्थित आफ्नै निवासमा विष पिएको प्रहरीले जनाएको छ । अहिले उनको उपचार वीर अस्पतालमा भइरहेको छ। अवस्था चिन्ताजनक नरहेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ ।
उनी बोल्न सक्ने अवस्थामै रहेपनि विष पिउनुको कारणबारे बताउन मानेकी छैनन् । वाइबा केही समयअघि मात्रै पत्रकार ऋषि धमलासँग नाम जोडेर विवादमा आएकी थिइन् । धमलासँग नाम जोडेर युट्युबमा अन्तर्वार्ता दिएपछि उनी विवादमा परेकी थिइन् ।
यस्तै अभिनेता पल शाह काठमाडौं आउँदा स्वागत गर्न उनी विमानस्थल पुगेकी थिइन् । त्यतिबेला पनि यही विषयमा गायक राजेश पायल राईसँग उनले लफडा गरेकी थिइन् ।
प्रतिकृया