• ३१ भदौ २०८३, बुधबार
  • १०ः४७ राती

मोलुङ हाइड्रोको आइपीओमा आवेदन दिने अन्तिम दिन आज

प्रकाशित मिति

२०७९ फाल्गुन १० गते, बुधबार १०:३७

१० फागुन २०७९, काठमाडौँ: मोलुङ हाइड्रोपावरको आइपीओमा आवेदन दिने बुधबार अन्तिम दिन रहेको छ । लगानीकर्ताले आज फागुन १० गते कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।

National Life

हाइड्रोपावरले फागुन ४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो। कम्पनीले २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता आइपीओ जारी गरेको हो । यो मध्ये १०% अर्थात् २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ।


यस्तै, ५% अर्थात् १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोष र २% अर्थात् ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी २२ लाख ६४ हजार ६५५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ।


रेटिङ एजेन्सी इक्रा नेपालले मोलुङको इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी रेटिङ्ग प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ। यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

प्रतिकृया