• १९ भदौ २०८३, शुक्रबार
  • १ः४७ राती

भण्डारीलाई थप उपचारको लागि मुम्बईको नेशनल बर्नस् सेन्टरमा लगियो

प्रकाशित मिति

२०७९ फाल्गुन ४ गते, बिहीबार ०३:३५

४ फागुन २०७९, काठमाडौँ: जलेर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि मुम्बईको नेशनल बर्नस् सेन्टरमा लैजाने भएको छ । श्री एयरलाइन्सको विमानमार्फत मुम्बईको सुविधासम्पन्न उक्त सेन्टरमा उनलाई लैजाने भएको छ । स्वास नलीमा जलनले असर र सुन्निन सक्ने जोखिम भएको हुँदा स्वास नलीमा पाइप राखी (इन्टुबेसन गरी) अक्सिजन दिँदै लगिने चिकित्सकले जनाएका छन् । उनीसँग नर्भिकबाट ६ जना चिकित्सकको टीम फ्लाइटमा हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


अस्पतालका चिकित्सकका अनुसार भण्डारीको अवस्था गम्भीर छ । श्वासप्रश्वासको नली सुन्निन थालेको कारण जटिलता थपिँदै थएको छ । एयर एम्बुलेन्सको रुपमा लगिने सो फ्लाइटमा मेडिकल टिमको व्यवस्थापन नर्भिक अस्पतालले गर्ने भएको छ ।

Kamana Sewa

उनीसँग जाने ६ जना चिकित्सकीय टोलीमा ३ जना डाक्टर र ३ जना पारामेडिक्स छन् । क्रिटिकल केयर प्रमुख डा.प्रदिप तिवारी, एनेस्थेसिया क्रिटिकल केयर डा।वृहस्पति र फ्लाइट डाक्टर डा.रोशन शर्मा रहेका छन् भने ३ जना पारामेडिक्स ईआरमा दिनेश राई, सागर महर्जन र राज तामाङ रहेका छन् ।

Classic Tech Desktop

बुधबार राति बुद्धनगरस्थित घरमा आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए। हरिकलाको आज बिहान उपचारकै क्रममा निधन भएको छ ।


चिकित्सकका अनुसार भण्डारीको शरीरको ३० प्रतिशत भाग जलेको छ । दुवै हात, दुवै गोडा र अनुहार जलेको छ । हालको स्रोत र साधनको अवस्थामा यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा रिफर गर्नुपरेको कीर्तिपुर अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिकृया