• १८ भदौ २०८३, बिहीबार
  • ४ः२२ बेलुका

नेप्से दोहोरो अंकले घट्याे

प्रकाशित मिति

२०७९ फाल्गुन ४ गते, बिहीबार ०३:५४

४ फागुन २०७९, काठमाडौँ: आज (बिहिबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से २१.१५ अंकले घटेर दुई हजार ७० दशमलव ४१ विन्दुमा बन्द भएको हो । बुधबार भने नेप्से १३.९० अंकले घटेर दुई हजार ९१ दशमलव ५६ विन्दुमा बन्द भएको थियो ।


आज नेप्सेमा एक अर्ब ६८ करोड ४९ लाख बराबरको कारोबार भएको हो । त्यस्तै, आज पनि नेप्से घटेसंगै कारोबार रकममा पनि गिरावट आएको छ । आज कारोबार भएका कम्पनीमध्ये १५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १९७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

Kamana Sewa

प्रतिकृया