• २२:३३ २०८० चैत्र १५ गते
  • 10:33 pm

नेपाल नेत्रज्योति संघ र सिबिएम बीच सम्झौता, निःशुल्क आँखा तथा कान उपचारमा सहकार्य गर्ने

प्रकाशित मिति

२०७९ फाल्गुन २ गते, मंगलवार ०५:०२

IMG 1965

२ फागुन, २०७९, काठमाडौँ:  नेपाल नेत्रज्योति संघ र सिबिएमग्लोबल बिच आपसी सहकार्य गर्ने सम्झौता भएको छ । प्रदेश नम्बर १ र मधेश प्रदेशमा गरिबिको रेखामुनी रहेका आम नागरिकहरुलाई गुणस्तरिय आँखा तथा कान स्वास्थ्य सेवा प्रवाहका लागि दुई संस्थाहरुका बिचमा सम्झौता भएको हो ।


उक्त सम्झौता पत्रमा नेपाल नेत्रज्योति संघका तर्फबाट अध्यक्षप्रा.डा चेतराज पन्त र सिबिएम ग्लोबलका तर्फ बाट कार्यकारी निर्देशक डेभिड बेनब्रिजले हस्ताक्षर गरेका छन् ।उक्त कार्यक्रममा नेत्रज्योति संघका महासचिव भरत बहादुर चन्द, सदस्य पद्मनारायण चौधरी तथा सिबिएमग्लो बलका, कन्ट्री डाइरेक्टर सुरज सिग्देलको उपस्थिती थियो ।


सिबिएम ग्लोबलको सहयोगमा नेत्रज्योति संघको पुर्वाञ्चल क्षेत्रिय आँखा तथा कान उपचार कार्यक्रम मार्फत प्रदेश नम्बर १ र मधेश प्रदेशका सिमान्तकृत समुदायका र गरिबीको रेखामुनी रहेका नागरिकहरुलाई निःशुल्क रुपमा आँखा तथा कान उपचार सेवा प्रदान गरिने छ । दुई संस्थाहरु बिचको सहकार्यमा आँखा तथा कान उपचारको पहुँचबाट टाँढा रहेका सो क्षेत्रका नागरिकहरुलाई आँखा अस्पताल, आँखाउपचार केन्द्रहरु तथाबाह्य कार्यक्रम मार्फत उपचार सेवा प्रदान गरिने संघले जनाएको छ।


नेत्रज्योति संघ र सिबिएम ग्लोबलका बिचमा नेपालमा आँखा उपचार सेवालाई जनताको घर दैलोमै सहज, सुलभ र सस्तो रुपमा गुणस्तरिय सेवा प्रदान गर्न बिगत ४० बर्ष देखि सहकार्य भइरहेको छ । ‘हाम्रो ४० बर्ष देखिको सहकार्यमा यो सम्झौताले थप इट्टा थप्ने काम गरेको छ र यो कार्यक्रमको कार्यान्वयनले सो क्षेत्रका नागरिकहरुले आफ्नो घर आँगनमै निःशुल्क आँखा तथा कान उपचार सेवा प्राप्त गर्ने छन् जसले उनिहरुको आर्थिक सामाजिक जिवनमा ठुलो परिवर्तन ल्याउने हाम्रो विश्वास छ’ नेत्रज्योति संघका कार्यकारी निर्देशक डा.शैलेस कुमार मिश्रले भने ।


सम्झौता पछि बोल्दै सिबिएम ग्लोबलका कन्ट्री डाइरेक्टर सुरज सिग्देलले नेपालको आँखाउपचार र अन्धोपन नियन्त्रणको क्षेत्रमागरिरहेको काम कै कारण बिगत ४० बर्षदेखि विभिन्नकार्यक्रममार्फत नेत्रज्योति संघसंग सहकार्य गरिरहेको भन्दै उनले आगामीदिनहरुमापनि सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।


सन् २०३० सम्ममा नेपालबाट उपचार पछि निको हुने अन्धोपन निवारण गर्ने नेत्रज्योति संघको लक्ष्यलाई यो सहकार्यले ठुलो सहयोग पुर्याउने बताउ छन् नेपाल नेत्रज्योति संघका अध्यक्षप्रा.डा चेतराजपन्त । अहिले पनि नेपालमा कतिपय जनताहरु आर्थिक अभावकै कारण दृष्टि बिहिनतामा बसिरहेको भन्दै उनले यस्तै संघ संस्थाहरुको सहकार्यमा नेपालबाट २०३० सम्ममा उपचार पछि निको हुने अन्धोपननको निवारण हुने विश्वास व्यक्त गरे ।


हाल कर्णाली प्रदेशमा नेत्रज्योति संघ र सिबिएमको सहकार्यमा एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम संचालनमा छ । उक्त कार्यक्रमबाट सन् २०२२ मामात्र ३ हजार ८० जनाको निःशुल्क आँखाको शल्य क्रिया गरिएको छ । हालनेत्रज्योति संघले २७ वटा आँखा अस्पताल, १५० वटा आँखाउपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरु मार्फत नागरिकहरुलाई सर्भसुलभ र गुणस्तरिय आँखा स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ । संघले आर्थिक अभावका कारण कोहि पनि नागरिकले दृष्टिबिहीन जीवनयापन गर्न बाध्य नहुन भन्ने हेतुले जनताको घर दैलोमै सहज, सुलभ र सस्तो रुपमा गुणस्तरिय सेवा प्रदान गरिरहेको र सो का लागि विभिन्न निकायहरु संगको साझे दारिमा उज्यालो अभियान कार्यक्रम समेत सञ्चालन गदै आएको छ जसबाट धेरै गरिबीको रेखामुनी नेपाली नागरिकहरुले निःशुल्क आँखा जाँच तथा शल्य क्रिया सेवा समेत पाइरहेका छन् ।

प्रतिकृया