• २८ जेठ २०८३, बिहीबार
  • २:०३ बेलुका

फागुन १ गते ‘बुस्टर डोज’ खोप ल्याइँदै

प्रकाशित मिति

२०७९ माघ २५ गते, बुधबार ०१:२८

२५ माघ, २०७९, काठमाडौँ: कोरोना भाइरस सङ्क्रमण विरुद्धको अतिरिक्त मात्रा खोप (बुस्टर डोज) आगामी फागुन १ गते नेपाल ल्याइने भएको छ। सरकारलाई ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’(गाभी)ले फागुन १ र ४ गते खोप आउने निश्चित गरेको जानकारी दिएको छ। यसअघि गाभीले खोप पठाउने भने तापनि कुन मितिमा भन्ने यकिन भएको थिएन।


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले तीनपटक गरी खोप आउने बताए। उनका अनुसार पहिलो पटक फागुन १ गते र दोस्रो पटक फागुन ४ खोप आउनेछ भने तेस्रो पटकको मिति अझै तोकिएको छैन। उनले तीन पटकमा १५ लाख मात्रा खोप आउने बताए।

Kamana Sewa

छिमेकी देश भारत र चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि सरकारले ‘गाभी’ ३० लाख मात्रा खोप माग गरेको हो। पहिलो चरणमा १५ लाख मात्रा खोप आउने उनले बताए। गाभीले कोभ्याक्स सुविधामार्फत नेपाललाई बुस्टर डोजका लागि फाइजरको बाइभ्यालेन्ट खोप उपलब्ध गराउन थालेको हो।

Classic Tech Desktop

छिमेकी मुलुक भारत र चीनमा विएफ ७ नामक प्रजातिको नयाँ भेरियन्ट फैलिन थालेपछि मन्त्रालयले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरे पनि अहिले सङ्क्रमण घटेको छ। अहिले सङ्क्रमण पनि कम हुँदै गएको छ। मन्त्रालयका अनुसार मंगलबार देशभरिमा एकजना सङ्क्रमित र तीनजना सक्रिय सङ्क्रमित भेटिएका छन्।

प्रतिकृया