• १५:२४ २०८० चैत्र १६ गते
  • 3:24 pm

कांग्रेसलाई प्रतिपक्षी दलको सुविधा दिने/नदिने मुद्दाको सुनुवाइ आज हुँदै

प्रकाशित मिति

२०७९ माघ २५ गते, बुधबार ०८:४३

sarbochha

२५ माघ, २०७९, काठमाडौँ: नेपाली कांग्रेसलाई प्रतिपक्षी दलकाे सुविधा नदिन मागगर्दै सर्वाेच्च अदातलमा परेको रिटको बुधाबार सुनवाइ ‍हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’लाई संसदमा विश्वासकाे मत दिएकाे कांग्रेस र त्यसका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटको सुनवाइ आज हुने भएकाे हाे।


अधिवक्ता विमलप्रसाद पोखरेलले संसद सचिवालयविरुद्ध दिएकाे साे रिट निवेदन दर्ता गर्न सर्वोच्चकी न्यायाधीश सपना मल्ल प्रधानले आदेश दिएकी हुन्।


उक्त रिटकाे आज माघ २५ गते पहिलो पेशी तोकिएको हाे। यसअघि सर्वोच्च अदालतको रजिस्ट्रारले सो निवेदन दरपिठ गरेका थिए।

प्रतिकृया