पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको दुबईको अस्पतालमा निधन
प्रकाशित मिति
२०७९ माघ २२ गते, आईतवार ०१:२६
२२ माघ २०७९, काठमाडौँ: पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफको आइतबार निधन भएको छ । स्थानीय सञ्चारमाध्यमले यो जानकारी दिएका छन् । उनको संयुक्त अरब इमिरेट्सस्थित अमेरिकन अस्पतालमा उपचार भइरहेको थियो । पाकिस्तानी मिडियाका अनुसार उनी एमाइलोइडोसिस रोगबाट पीडित थिए ।
आखिरी दिनमा उनको अवस्था

परवेज मुशर्रफको पछिल्लो भिडियोले उनी हिँड्न नसक्ने देखाएको छ । उनी पूर्ण रूपमा ह्वीलचेयरमा निर्भर थिए र खाना पनि खान सकेका थिएनन् ।

लामो समयदेखि बिरामी थिए
एमाइलोइडोसिसको भएपछि मुसर्रफलाई गत वर्ष जुन १० मा युएईको अस्पतालमा भर्ना गरिएको थियो, जुन बिस्तारै बिस्तारै बहु–अङ्ग विफलतामा परिणत भएको थियो । उनलाई गत वर्षको जुनमा भेन्टिलेटरमा राखिएको थियो । लामो समयदेखि बिरामी रहेपछि उनको आज निधन भएको हो ।
मुसर्रफलाई मृत्युदण्ड दिइएको थियो
परवेज मुशर्रफलाई पाकिस्तानमा मृत्युदण्डको सजाय सुनाइएको थियो । पाकिस्तानको इतिहासमा पहिलो पटक पेशावर उच्च अदालतका मुख्य न्यायाधीश वकार अहमद सेठको अध्यक्षतामा रहेको विशेष अदालतको तीन सदस्यीय इजलासले यस्तो सजाय सुनाएको हो ।
पाकिस्तानमा ३ नोभेम्बर, २००७ मा संकटकाल लगाएको र डिसेम्बर २००७ को मध्य सम्म संविधान निलम्बन गरेकोमा परवेज मुशर्रफलाई डिसेम्बर २०१३ मा देशद्रोहको मुद्दा लगाइएको थियो । मुशर्रफलाई मार्च ३१, २०१४ मा दोषी ठहर गरिएको थियो । ७९ वर्षीय मुशर्रफले सन् १९९९ देखि २००८ सम्म पाकिस्तानमा शासन गरेका थिए । मुसर्रफ सन् २०१६ को मार्चदेखि दुबईमा बस्दै आएका थिए ।




प्रतिकृया