लागुऔषध सेवन गरी सवारी साधन चलाउने ३ जना चालक ट्राफिक प्रहरीको नियन्त्रणमा

प्रकाशित मिति

२०७९ माघ २२ गते, आईतवार ०१:२५

mapase traffic laguaausadh QqIIblpw46 e1664102968985

२२ माघ, २०७९, काठमाडौँ:  काठमाडौँको ठमेलमा शनिबार‍ गरिएको चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने ३ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बागमती प्रदेश ०२ – ०२६ प ८९ ६० नम्बरको मोटरसाइकल चालक नुवाकोटको विदुर नगरपालिका ३ घर भई हाल नेपालटार बस्ने ३५ वर्षीय रविन्द्र आचार्य , रा ७ प ९३१ नम्बरको स्कुटर चालक सल्यानको शारदा नगरपालिका १ घर भइ हाल सुकेधारा बस्ने २२ वर्षीय इसान खड्का र बागमती प्रदेश ०२ -०१६ प ०७ ७८ नम्बरको मोटरसाइकल चालक इलामको इलाम नगरपालिका २ घर भइ हाल बौद्द बस्ने २६ वर्षीय विवेक प्रधानलाई लागुऔषध सेवन गरी सवारी साधन चलाउँदै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।


नियन्त्रणमा आएका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त लैनचौर सोह्रखुट्टे पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो ।नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त लैनचौर सोह्रखुट्टेको संयुक्त टोलिले २० ओटा सवारी साधन चेकजाँच गरेको थियो ।


मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकहरुलाई कार्वाही गर्दै आएको ट्राफिक प्रहरीले लागुऔषध समेत सेवन गरी सवारी साधन चलाइएको पाइएपछी प्राविधिक टोली सहित टि.एच.सि. किटको प्रयोग गरी गत साउन ९ गतेबाट लागुऔषध चेकजाँच अभियान सुरु गरेको हो ।

प्रतिकृया