• ४ साउन २०८३, सोमबार
  • १:२९ बिहान

चलचित्र ‘ह्यारी की प्यारी’ आजदेखि हलमा

प्रकाशित मिति

२०७९ माघ २० गते, शुक्रबार १०:५३

२० माघ २०७९, काठमाडौँ: नेपाली चलचित्र ह्यारी की प्यारी आजदेखि प्रदर्शनमा आएको छ। चलचित्रमा जितु नेपाल र साम्राज्ञीराज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको छ । चलचित्र ह्यारी की प्यारीमा अभिनेता जितु नेपाल, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसहित विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको अभिनय रहेको छ।


सिनेमामा अभिनेत्री रेखा थापाको विशेष भुमिका रहेको छ । डा. कपिल रिजालको प्रश्तुति रहेको सिनेमामा रिजाल स्वयंमको कथा तथा निर्देशन, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यु निरवीले लेखेका हुन् ।

Kamana Sewa

दन्त चिकित्सक डा. कपिल रिजालले यही सिनेमाबाट निर्देशनमा डेब्यु गर्नुभएको हो । सिनेमामा डा. भोला रिजालको गीत र रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ ।

Classic Tech Desktop

सुदीप बरालको छायांकन गरेको सिनेमालाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

प्रतिकृया