• २६ भदौ २०८३, शुक्रबार
  • १०ः१२ बिहान

आचार्यको निधन राज्यको चरम असफलता हो : मेयर बालेन

प्रकाशित मिति

२०७९ माघ ११ गते, बुधबार १०:२३

११ माघ २०७९, काठमाडाैँ : काठमाडौं महानगरपालिका नगरप्रमुख बालेन्द्र शाह (बालेन) ले संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको निधनप्रति राज्यको चरम असफलताको संकेत देखिएको बताएका छन् । आचार्यको मृत्यु भएको खबर बाहिरिए लगत्तै साहले सामाजिक सञ्जालमा लेखेका छन् ‍-‘आत्मदाहका धेरै कारण र धेरै सङ्केतहरू होलान् तर सबै भन्दा ठुलो कारण राज्य हो । र, सबै भन्दा भयानक सङ्केत राज्यको चरम असफलताको हो । उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्धारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ । राज्यका हरेक तप्का, निकाय र अङ्गहरू असफल भएका छन् ।’

National Life

आचार्यको जस्तो नियति भोग्न नपरोस् भनेर महानगरले सिप सिक्ने र ति सीपहरूको जीवनस्तर वृद्धिमा प्रयोग हुने संरचनाहरूको निर्माण गर्नेमा असाध्यै संवेदनशील भएर काम गरिरहेको दाबी साहले गरेका छन् ।


सामाजिक सञ्जाल फेसबुक उनको स्टाटस

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया