• १९ भदौ २०८३, शुक्रबार
  • ७ः२७ बेलुका

एनसेल र शिक्वल फाउन्डेसनको सहकार्यमा ‘ह्याकिङ फर ह्युम्यानिटी’ ह्याकाथन हुँदै

प्रकाशित मिति

२०७९ माघ १० गते, मंगलवार ०१:५६

१० माघ, २०७९, काठमाडौँ: शिक्वल फाउन्डेसनले एनसेल आजियाटा लिमिटेडसँगको सहकार्यमा देशभरका सूचना प्रविधि क्षेत्रमा अध्यनरत छात्रा तथा यस क्षेत्रमा कार्यरत महिलाहरूलाई लक्षित गर्दै ‘ह्याकिङ फर ह्युम्यानिटी’ थिममा नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन कार्यक्रमको आयोजना गर्दैछ।


यो ह्याकाथन यही माघ २७ देखि माघ २९ गते आयोजना गरिन लागिएकाे छ। विविधता, समानता र समावेशीकरण अर्थात् डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुसन (डिइआइ) प्रति आफ्नो प्रतिवद्धताअनुरूप एनसेलले शिक्वल फाउन्डेसनसँग नेपालमा हालसम्मकै ठूलो मानिएको यो ह्याकाथनका लागि सहकार्य गरेको हाे।

Kamana Sewa

यसको प्रमुख उद्देश्य महिलाहरूलाई सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन गर्नु रहेको छ। यस कार्यक्रमको अन्य साझेदारहरूमा गर्ल्स इन टेक र वुमन इन बिग डेटा रहेका छन्। फाउन्डेसनका अनुसार छनोटमा परेको सहभागी महिलाका समूहहरूले स्वास्थ्य, शिक्षा, कृषि लगायतका विभिन्न क्षेत्रमा देखिएका समस्याहरूलाई समाधान गर्न विभिन्न सोलुसन्सका प्रोटोटाइपहरू बनाउने छन्।

Classic Tech Desktop

हाल यस कार्यक्रमको तयारी स्वरूप काठमाडाैँलगायत देशका विभिन्न ठाउँहरूमा कजेल एक्टिभेसनका कार्यहरू भइरहेका छन्। यस ह्याकाथनले महिलाहरूलाई सूचना प्रविधि क्षेत्रमा आफ्नो करिअर बनाउन र यस क्षेत्रमा रहेका विभिन्न सम्भावनाहरूसँग उनीहरूलाई जोड्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास एनसेलले लिएको छ।


यस कार्यक्रमले सूचना प्रविधिमा रहेका महिला र नन-बाइनरी ह्याकरहरूलाई एकअर्कासँग सहकार्य गर्न र आफ्ना नवीन सोचलाई सोलुसन्समा परिवर्तन गर्न एक प्लेटर्फम प्रदान गरेको छ। यस ह्याकाथनमा भाग लिन इच्छुक सूचना प्रविधि अध्ययन गरिरेहका छात्राहरू तथा यस क्षेत्रमा काम गरिरहेका महिलाहरूले तीन जनाको समूह बनाउन सक्छन् र सजिलै यो कार्यक्रमको रजिस्ट्रेसन कोड स्क्यान गरी एनसेल एपमार्फत् आफ्नो समूह दर्ता गर्न सक्छन्।


दर्ता भएका समूहहरूमध्येबाट छानिएका समूहरूको लिस्ट माघ २० घोषणा गरिने छ। कार्यक्रम पूर्व तयारी स्वरूप हाल विभिन्न कलेजहरूमा डिजाइन थिङ्किङ्, इन्टरप्रेन्युरियल फाइनान्स, बिजनेस मोडल क्यानभास, स्टोरी प्रेजेन्टेसन आइडिया पिचिङ र डेलिभरीमा केन्द्रित हुँदै कार्यक्रमहरूको आयोजना भइरहेका छन्।


शिक्वल फाउन्डेसनका अनुसार यस प्रकारका महिला लक्षित पहलहरूले नेपालमा आइटी-सम्बन्धित उद्योगहरूमा महिलाहरूको प्रतिनिधित्व र डिजिटल अर्थतन्त्रमा महिलाहरूको समान सहभागितालाई बढाउँछ। यसले महिलाहरूको व्यक्तिगत र उनीहरूका परिवारलाई मात्र नभई समाज र अर्थतन्त्रलाई पनि फाइदा पुर्‍याउन मद्दत गर्ने विश्वास फाउन्डेसनले लिएकाे छ।

प्रतिकृया