• १८ भदौ २०८३, बिहीबार
  • ५ः४९ बेलुका

गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै मेरो पहिलो कामः मन्त्री गिरी

प्रकाशित मिति

२०७९ माघ १० गते, मंगलवार ०१:४२

१० माघ, २०७९, काठमाडौँ: स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले जनमुखी र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै आफ्नो प्रमुख लक्ष्य र उद्देश्य रहेको बताएका छन्। मंगलवार शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन्। उनले तीन करोड नेपाली जनतालाई कसरी गुणस्तरीय स्वास्थ्य सेवा दिने भन्ने प्रमुख लक्ष्य र संकल्प रहेको बताए।


मन्त्री गिरीले स्वास्थ्यका प्रणालीहरु चुस्त, दुरुस्त बनाइ स्वास्थ्य क्षेत्रमा भएका विकृतिहरुलाई अन्त्य गर्दै सुदृढ स्वास्थ्य प्रणालीको विकास गर्न आफूले चाहेको पनि बताएका छन्। उनले स्वास्थ्य सेवालाई चुस्त बनाउनको लागि मन्त्रालय आवश्यक काम गर्न तयार रहेको बताए। उनले नेपालको स्वास्थ्य क्षेत्र सबैभन्दा भरपर्दो, गुणस्तरीय, अब्बल छ भन्नेकुरा सावित गर्ने बनाउनु आफ्नो दायित्व भएको बताएका हुन्।

Kamana Sewa

‘पुरानो संरचना भत्काउँदै छौँ। नयाँ संरचना बन्दैछ। यही स्थान ३०० बेडको अस्पताल स्थापना गर्छौँ। यो खुसीको कुरा हो। ३ सय बेड पनि पर्याप्त होइन ५ सय बेडको बनाउनुपर्छ। पछिल्ला दिनमा हामी थप्दै जानेछौँ। यो बीचमा यो अस्पतालले उपयुक्त स्थानमा सम्पूर्ण उपचार गर्नेगरी‍ अस्थायी रुपमा भएपनि उपचारको व्यवस्था गर्नुपर्छ। मन्त्रालय आवश्यक सहयोग गर्न तयार छ। हामी सबैको एउटै संकल्प छ, त्यो भनेको तीन करोड नेपाली जनतालाई कसरी गुणस्तरीय स्वास्थ्य सेवा दिने भन्ने हो, स्वास्थ्यका प्रणालीहरु कसरी चुस्त, दुरुस्त बनाउने भन्ने हो।’ उनले भने,’हाम्रो स्वास्थ्य क्षेत्रमा भएका विकृतिहरुलाई कसरी अन्त्य गर्दै सुदृढ स्वास्थ्य प्रणालीको रुपमा विकास गर्न सकिन्छ, यो चिन्ताको विषय हो। सबै लाग्यौँ भने असम्भव छैन, नेपालको स्वास्थ्य क्षेत्र सबैभन्दा भरपर्दो, गुणस्तरीय, अब्बल छ भन्नेकुरा सावित गर्ने हाम्रो दायित्व हो, कोही पनि विमुख हुने छैनौँ। स्वास्थ्य क्षेत्रलाई सबै हिसावले गुणस्तरीय, भरपर्दो बनाउने र जनतामुखी, जवाफदेही र गुणस्तरीय बनाइ सबै जनतामा स्वास्थ्यको पहुँच पुर्याउने नै हाम्रो उद्देश्य हो।’

Classic Tech Desktop

मन्त्री गिरीले स्वास्थ्य क्षेत्रलाई जनतामुखी, जवाफदेही र गुणस्तरीय बनाएर सबै जनतामा स्वास्थ्यको पहुँच पुर्याउनु आफ्नो पहिलो काम भएको बताए।

प्रतिकृया