आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २५औँ बार्षिक साधारण सभासम्पन्न
प्रकाशित मिति
२०७९ माघ ९ गते, सोमबार ०५:०६
९ माघ, २०७९, काठमाडौँ : आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २५औँ बार्षिक साधारण सभामिति २०७९ सालमाघ ९ गते सोमबार होटल लि हिमालय, लाजिम्पाट,काठमाण्डौँमा सम्पन्नभयो । साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई हार्दिक स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा बैठकलाई जानकारी गराउनु भयो ।
सभालाई अध्यक्ष ढकालले समीक्षा बर्ष देखि हालसम्मको देशको आर्थिक तथा राजनैतिक अवस्था र त्यसको कारणबाट समग्र बीमा क्षेत्रमा परेको प्रभावको बारेमा समेत जानकारी गराउनु भयो । अध्यक्ष ढकालले २४औँ साधारण सभामा गरिएको भवन निर्माणको प्रतिबद्धताको बारेमा सभालाई जानकारी दिँदै समीक्षा बर्षमा कम्पनीको पानी पोखरी स्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिटको २ तल्ला पार्किङ सहितको ११ तल्ले भवन निर्माणको क्रममा रहेको र निर्माण सम्पन्न पश्चात उक्त भवनबाट कम्पनीले करिब ४ देखि ५ करोड वार्षिक आम्दानी गर्ने पनि जानकारी गराउनु भयो ।
त्यसै गरी कम्पनीले ७ वटै प्रदेश र अनलाइनको मध्यमबाट बीमालेख खरिद गर्न सक्ने गरी सेवा प्रदान गर्ने र आइजीआई हेल्थप्लस बीमा लेखको माध्यमबाट पारिवारिक स्वास्थ्य बीमामा चालु आ.व. मा उल्लेख्य सेवा प्रदान गर्ने जानकारी गराउँदै सेवामा विविधता र शाखा रहित बीमामा प्रविधिको प्रयोग गरी सहज बीमा सेवा प्रदान गर्ने जानकारी गराउनु भयो ।
देशमा विद्यमान आर्थिक तथा राजनैतिक अवस्थाको वावजुत पनि कम्पनीले गत बर्षको दाँजोमा १६.४७प्रतिशतले बीमा प्रिमियम संकलनमा वृद्धि हासिल गरेको जानकारी गराउँदै कम्पनीले २५औँ साधारण सभा समक्ष पेश गरेको सबै साधारण तथा विशेष प्रस्तावहरु सभाले कर्तल ध्वनीका साथ स्वीकृत गरेकोमा सबै शेयर धनीहरुलाई धन्यवाद व्यक्त गर्नु भयो ।
त्यसै गरी सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेश भक्तबादे श्रेष्ठले कम्पनीको २५औँ बार्षिक साधारण सभामा सम्पूर्ण शेयर धनी महानुभावहरुलाई स्वागत गर्दै कम्पनीले आफ्ना ग्राहक महानुभावहरु, लगानीकर्ता, नियमनकारी निकायहरु र कर्मचारी साथीहरुको टिमको सहयोगबाट कम्पनी अघि बढि रहेको जानकारी गराउनु भयो । यसलाई निरन्तरता प्रदान गर्न कम्पनी सदा तत्पर रहने बाचा व्यक्त गर्दै लगानी कर्ताहरुको भावना र संचालक समितिको निर्देशन बमोजिम अगाडी बढि रहेको समेत सभालाई जानकारी गराउनु भयो।
बीमाको पहुँचलाई देशको सबैक्षेत्रमा पु¥याउने हेतुले हामीले ७ वटै प्रदेशबाट ग्राहक महानु भावहरुलाई बीमा सेवा प्रदान गर्दै आईरहेका छौँ । बीमा अर्थतन्त्रको एक उत्कृष्ठ हिस्सा बनिरहेको वर्तमान परिप्रेक्षमायसको पहुँच विस्तार तथा विकासको लागि हर सम्भव प्रयत्न गर्दै आईरहेको जानकारी गराउनु भयो । आगामी दिनहरुमा डिजीटलाइजेसनको माध्यमबाट गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य सहित कम्पनी अगाडी बढी रहेको । आ.व. २०७७/७८मा रु. १ अरब ५२ करोड ११लाख बीमा शुल्क आर्जन गरेकोमा समीक्षाबर्षमा रु.१ अरब ७७ करोड १६लाखबीमाशुल्कआर्जन गरी गत बर्षको दाँजोमा१६.४७ प्रतिशतले बीमाशुल्क वृद्धि भएको जानकारी गराउनु भयो भने चालु आ.व.को पौष मसान्त सम्ममा कम्पनीले कूल ९० करोड २५लाख बीमा शुल्क आर्जन गरिसकेको पनि सभालाई जानकारी गराउनु भयो ।
श्रेष्ठले नियमनकारी निकायको निर्देशनसहित लघु बीमा, कृषि तथा पशु बीमा लगायत पारिवारिक स्वस्थ्यबीमालाई अगाडी बढाउँदै बीमा सेवालाई जनस्तर सम्म पु¥याउनको लागि ७ वटै प्रदेशहरुमा रहेका शाखाहरु मार्फत सेवाविस्तार गरेको पनि जानकारी गराउनु भयो । कम्पनीले हाल सम्म प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्दै कम्पनीको नीति नियम र विनियमहरु, आन्तरिक लेखा परीक्षण लगायत नेपाल बीमा प्राधिकरणबाट समयमा प्राप्त निर्देशनहरुको पालना गर्दै आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउंदै कम्पनी सँग भएको साधन र श्रोतको उच्चतम परिचालन गरी सबै शाखा तथा प्रधान कार्यालयबाट सहज सेवा प्रदान गर्ने गरी सूचना तथा संचारलाई व्यवस्थित गर्दै डिजिटलमा विषेश ध्यान दिएको बताउनु भयो ।








प्रतिकृया