• ३० जेठ २०८३, शनिबार
  • ३:५० बेलुका

आज सोनाम ल्होसार हर्षाेल्लासका साथ मनाइँदै

प्रकाशित मिति

२०७९ माघ ८ गते, आईतवार ०८:०३

८ माघ, २०७९, काठमाडौँ: तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आइतबार विविध कार्यक्रमकाे आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९ औँ वर्ष सुरु हुन्छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ ।


तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ । पर्वका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

Kamana Sewa

सोनाम ल्होसारकाे अवसरमा टुँडिखेलमा तीन दिवसीय ल्होसार पर्व मनाइने भएको छ । तीन दिवसीय ल्होसार मनाउन लागिएको ल्होछार मूल समारोह समितिले जनाएकाे छ ।

Classic Tech Desktop

समितिका अनुसार महोत्सवमा विशेष पूजाआजा, सांस्कृतिक झाँकी प्रदर्शन, घोडचढीलगायत परम्परागत गीत, नृत्य, दोहोरी, डम्फू सेलो, माने तथा म्हेन्दोमाया प्रस्तुति हुनेछन् ।

प्रतिकृया