• १० असोज २०८३, शनिबार
  • ८ः५२ राती

प्रधानमन्त्री कप महिला क्रिकेट : गण्डकीलाई पराजित गर्दै बागमतीको पहिलो जित, कञ्चनको अर्धशतक

प्रकाशित मिति

२०७९ माघ ४ गते, बुधबार ०४:४०

४ माघ २०७९, काठमाडौँ: बागमती प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय टी–२० महिला क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । इटहरीको जनता क्रिकेट पार्कमा बुधबार भएको खेलमा बागमतीले गण्डकीलाई ३७ रनले पराजित गरेको हो।

National Life

जितसँगै २ अङ्क जोडे पनि बागमती सान्त्वना जित तथा गण्डकी अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। यसअघि नै समूह ‘ए’ को शीर्ष स्थानमा भएको सुदूरपश्चिम विजेता तथा उपविजेता एपीएफ सेमिफाइनल पुगिसकेको छ।


१३६ रनको लक्ष्य पछ्याएको बागमतीले पूरै ओभर खेल्दा ५ विकेटको क्षतिमा ९८ रन बनायो। गण्डकीको लागि सिमाना केसीले अविजित ३६ र कप्तान सृष्टि जैसीले ३४ रन जोडे। बागमतीको लागि अस्मिना कर्मचार्यले ३ तथा बिपिशा शाही र साविका यादवले १–१ विकेट लिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया