• १ असोज २०८३, बिहीबार
  • ६ः१७ बिहान

सभामुख चयनका लागि आज उम्मेदवारी

प्रकाशित मिति

२०७९ माघ ४ गते, बुधबार १०:२३

४ माघ, २०७९, काठमाडौँ: प्रतिनिधि सभाका सभामुख पदका लागि आज मनोनयन दर्ताको कार्यक्रम छ। संघीय संसद सचिवालयका अनुसार बुधबार दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताका लागि समय दिइएको छ। त्यसलगत्तै आजै उम्मेदवारको सूची सार्वजनिक गर्ने कार्यतालिका छ।

National Life

सभामुख चयनका लागि बिहीबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रस्ताव पेश गरिनेछ। सभामुख हुन सांसद हुनुपर्ने व्यवस्था छ। प्रतिनिधि सभामा २७५ जना सांसद छन्। सभामुख चयन नभएकोले ज्येष्ठ सदस्य राप्रपा सांसद पशुपतिशम्शेर जबराले सभामुखको भूमिका निर्वाह गर्दै आएका छन्।


सत्ता साझेदार दलभित्र सभामुख पद नेकपा एमालेलाई दिने सहमति भएको एमाले नेताहरूले दाबी गर्दै आएका छन्। गत पुस २६ गते प्रधानमन्त्रीलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले पनि सभामुख र राष्ट्रपतिलगायत पदमा सहमतिअनुसार नै जान आफूहरू सकारात्मक रहेको बताइरहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

एमालेले भने सभामुख र राष्ट्रपति पद आफूहरूले पाउने पहिले नै सहमति भइसकेको बुधबार बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा पनि बताएको थियो। एमालेले सभामुखमा झापाका देवराज घिमिरेलाई अघि सार्ने सम्भावना छ। साथै एमालेबाटै सभामुखका लागि पृथ्वीसुब्बा गुरूङ र छबिलाल विश्वकर्माको पनि चर्चा छ।


नेपाली कांग्रेसले भने सभामुख पदमा उम्मेदवारी दिने कि नदिने छलफल अझै चलिरहेको र निर्णयमा नपुगेको बताएको छ। सभापति शेरबहादुर देउवाले यसबारे पदाधिकारीहरूसँग आज बिहान ९ बजे निवास धुम्बाराहीमा छलफल गर्दैछन्। सभामुख पदका लागि एक जनाले मात्रै उम्मेदवारी दिए निर्विरोध निर्वाचित हुनेछन्। एक जनाभन्दा बढी भए प्रतिनिधि सभामा मतदान हुनेछ।


साथै माघ ७ गते उपसभामुख चयन गरिनेछ। उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने समझदारी सत्ता गठबन्धनभित्र भएको दाबी पनि रास्वपाले गरेको छ।

प्रतिकृया