• २४ भदौ २०८३, बुधबार
  • १०ः३४ राती

सुदूरपश्चिममा सभामुख छान्ने आज अन्तिम दिन

प्रकाशित मिति

२०७९ माघ २ गते, सोमबार १०:३७

२ माघ २०७९, काठमाडौँ : सुदूरपश्चिम प्रदेश सभाको सभामुख र उपसभामुख चयनका लागि आज समय सीमा सकिदैछ। संविधानले दिएको समय सीमा आज सकिने भएपनि अहिलेसम्म प्रदेश सभाले सभामुख र उपसभामुख पाउन सकेको छैन। प्रदेश सभामा दुई पटक भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसक्दा सभामुख चयन हुन नसकेको हो।

National Life

सभामुख चयन हुन नसक्दा प्रदेश सभाले उपसभामुख पनि पाउन सकेको छैन। सभामुख चयनका लागि आज प्रदेश सभाको बैठक आह्वान गरिएको छ। पोखरामा भएको विमान दुर्घटनामा सरकारले शोक बिदा दिए पनि सुदूरपश्चिममा भने संवैधानिक जटिलता उत्पन्न हुने भएकाले बैठक बस्नै पर्ने बाध्यता छ।


सभामुख चयनका लागि २८ पुसमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका भीम भण्डारीले २६ र कांग्रेसका मानबहादुर रावलले २३ मत प्राप्त गरेका थिए। सभामुखमा निर्वाचित हुन २७ मत आवश्यक पर्छ। ३० पुसमा भएको पुनः मतदानमा भने दुवै उम्मेदवारले २२/२२ मत पाएका थिए। सत्तारुढ गठबन्धनको निर्णायक घटक नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा ३० गते पनि कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

नागरिक उन्मुक्ति पार्टी तटस्थ बसेको अवस्थामा सोमबारको मतदानले पनि सभामुख चयन गर्न सक्ने छैन। संविधानको धारा १८२ को उपधारा –१) अनुसार प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने हुन्छ।


सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक १८ पुसमा बसेको थियो। सो अनुसार सभामुख चयन गरिसक्नुपर्ने समय आज सकिंदैछ।

प्रतिकृया