• 6:58 pm

प्रधानमन्त्री दाहालले डाके मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रकाशित मिति

२०७९ माघ १ गते, आईतवार १२:५४

१ माघ, २०७९, काठमाडौँ: पोखरामा विमान दुर्घटना भए लगतै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री दाहालले साढे आज दिउँसाे १ बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् ।


काठमाडौँबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो ।


दुर्घटनाप्रति प्रचण्डले दुख व्यक्त गर्दै प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् ।

प्रतिकृया