• 10:29 pm

यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०७९ माघ १ गते, आईतवार ०८:५०

१ माघ २०७९, काठमाडौँ : आज आइतबार प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका तराइका भू-भागमा हुस्सु -कुहिरो रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ। अहिले बिहान पहाडी तथा हिमाली धेरै भू-भागमा बादल लागेको छ भने तराईका केही भू-भागमा बादल तथा हुस्सु/कुहिरो लागेको छ।


आज दिउँसो प्रदेश नं १, मधेस प्रदेशलगायत वाग्मती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। आज बिहान ५ः४५ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस रहेको महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिइन्।


यस्तै सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यत: सफा रहने महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली पहाडी भू-भागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।


राति उच्च पहाडी तथा हिमाली पहाडी भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। यसैगरी, मंगलबार दिउँसो र राति सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली पहाडी भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।


देशभर पहाडी तथा हिमाली धेरै भूभागमा र तराईका केही भूभागमा बादल लागेर तथा तराईका थोरै भूभागमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन प्रभावित हुनसक्ने महाशाखाले जनाएको छ।

प्रतिकृया