• १० असोज २०८३, शनिबार
  • ११ः३९ राती

सन्दीप प्रकरण: पुनरावेदनकाे पेसीकाे सुनुवाइ आज

प्रकाशित मिति

२०७९ पुष २१ गते, बिहीबार १२:०५

२१ पुस २०७९, काठमाडौँ: बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेर मुद्दा लडिरहेका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेसीकाे सुनुवाइ बिहीबार हुँदैछ । उच्च अदालत, पाटनका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरिश्वर भण्डारीको इजलासको चौथो नम्बरमा पेसी छ।

National Life

पुस १४ गते उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको लामिछानेको निवेदन ‘हेर्न नभ्याइने’मा परेकाे थियाे।


त्यसभन्दा अगाडि परेकाे पेसी सन्दीपका कानुन व्यवसायीले स्थगित गरेका थिए । बलात्कारको आरोपमा लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

सन्दीप पक्षका वकिलले आवश्यक सबै प्रमाणहरू अदालतसमक्ष बुझाइसकेका छन्।

प्रतिकृया