• १० असोज २०८३, शनिबार
  • ११ः०७ राती

बागमतीमा प्रदेश सरकार गठनका लागि आह्वान

प्रकाशित मिति

२०७९ पुष २१ गते, बिहीबार १२:०२

२१ पुस २०७९, काठमाडौँ: बागमती प्रदेशमा प्रदेश सरकार गठनका लागि आह्वान गरिएकाे छ । प्रदेश प्रमुखको कार्यालयद्वारा बिहीबार सूचना टाँस गरी दलहरूलाई मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गरिएकाे हाे।
‍
बागमती प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख कार्यालयले दलहरूलाई मुख्यमन्त्रीको दावी पेस गर्न आह्वान गरेको हो । संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सरकार गठन गठन गर्न कुनै पनि पार्टीको बहुमत नपुगेकाले एक्लैको सरकार बन्न सक्ने अवस्था छैन ।

National Life

सरकार गठन गर्नका लागि दुई वा दुईभन्दा बढी पार्टीको बहुमत भए सरकार बन्ने देखिन्छ ।


सरकार बनाउन २७ सांसदको आवश्यक पर्छ। धारा १६८ उपधारा १ बमोजिम स्पष्ट बहुमत नभएपछि धारा १६८ उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको मत हुनुपर्ने छ।

Classic Tech Mobile
Classic Tech Desktop

मुख्यमन्त्री नियुक्तिका लागि दावी पेस गर्न पुस २५ गते बेलुका ४ बजेसम्म समय निर्धारण गरिएकाे छ ।

प्रतिकृया