राष्ट्र बैंकले प्रभु र सेञ्चुरी मर्जरको लागि दियो अन्तिम स्वीकृति

प्रकाशित मिति

२०७९ पुष २० गते, बुधबार १०:५३

pracen

२० पुस २०७९, काठमाडौँ: नेपाल राष्ट्र बैकले प्रभु बैंक र सेञ्चुरी बैंकलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको छ । प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंक समक्ष पुस १७ गते संयुक्त निवेदन पेश गरेको थियो । राष्ट्र बैंकले निवेदन परेको दुई दिनमै अर्थात पुस १९ गते सेञ्चुरी बैंकलाई प्राप्ति प्रयोजनका लागि अन्तिम स्वीकृति प्रदान गरेको हो ।


प्रभुले बराबरी हैसियतमा सेञ्चुरीलाई प्राप्ति गरेको हो । दुबैले मर्जरको विशेष प्रस्ताव आ(आफ्नो साधारणसभाबाट पारित गरिसकेका छन् । गत आर्थिक वर्षको बोनस शेयर वितरण पछि सेञ्चुरी बैंकको चुक्ता पूँजी १० अर्ब ४७ करोड पुग्नेछ । त्यस्तै प्रभु बैंकको पनि बोनस शेयर वितरण १४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी कायम हुनेछ । यस हिसावले अव मर्जर पछि बैंकको चुक्ता पूँजी २४ अर्ब ८७ करोड पुग्नेछ ।

प्रतिकृया