
सगरमाथा जलविद्युतले पायाे आईपीओ निष्कासन गर्न बाेर्डबाट अनुमति
प्रकाशित मिति
२०७९ पुष २० गते, बुधबार १०:४७

२० पुस २०७९, काठमाडौँ : सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डबाट अनुमति पाएकाे छ । कम्पनीले आयाेजना प्रभावित स्थानिय, वैदेशिक राेजगारीमा गएका नेपालीहरू तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ५४ लाख ८८ हजार कित्ता आईपीओ निष्कासन गर्न सेबाेनबाट अनुमति पाएकाे हाे ।
कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिकृया