• १० असोज २०८३, शनिबार
  • १०ः०१ राती

भारतीय क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा घाइते

प्रकाशित मिति

२०७९ पुष १५ गते, शुक्रबार ०३:००

१५ पुष, २०७९, काठमाडौँ: भारतीय विकेटकिपर ब्याटर ऋषभ पन्त कार एक्सिडेन्टमा घाइते बनेका छन्। २५ वर्षीय स्टार खेलाडी पन्त गम्भीर दुर्घटनाबाट बचेका छन्। पुलिसका अनुसार उनी कार चलाउने क्रममा उंग्न पुगेपछि कार दुर्घटना भएको जनाइएको छ। उनको मर्सिडिज अनियन्त्रित भएर डिभाइडरमा ठोकिन पुगेको थियो। त्यसपछि कारमा आगलागी भएको थियो। एक्सिडेन्टपछि पन्त बल्दै गरेको कारबाट ढोका फोडेर आफै बाहिर निस्किएका थिए।

National Life

मानिसहरु उनलाई बचाउनका लागि पुगेका थिए। उनको टाउको, कम्मर र खुट्टामा चोट लागेको जनाइएको छ। डाक्टरका अनुसार उनी खतरामुक्त रहेका छन्। उनलाई उपचारका लागि रुर्कीबाट देहरादून लगिएको छ। उनको म्याक्स अस्पतालमा उपचार भइरहेको जनाइएको छ। उनलाई आवश्यक परेमा दिल्ली एयरलिफ्ट गर्न सकिने भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन्।


बिसीसीआईका सचिव जय शाहले उनी खतरामुक्त रहेको जानकारी दिएका छन्। उनको टाउकोमा चोट लागेको, घुँडाको लिगामेन्ट टुटेको साथै शरीरका अन्यभागमा पनि चोट लागेको जनाइएको छ। उनको एमआरआईको रिपोर्टपछि कति गम्भीर चोट रहेको जानकारी प्राप्त हुने जनाइएको छ। पन्त उतराखण्डस्थित आफ्नो घरेलु शहर रुर्कीनजिक मनगालौर र नुरसनको बीचमा दुर्घटनामा परेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया