• १० असोज २०८३, शनिबार
  • ८ः५२ राती

नेपाल टी-२० क्रिकेट : आजबाट दर्शकले नि:शुल्क प्रवेश पाउने

प्रकाशित मिति

२०७९ पुष १४ गते, बिहीबार ११:३८

१४ पुस २०७९, काठमाडौँ: काठमाडौंमा जारी नेपाल टी-२० क्रिकेटमा आजबाट दर्शकले नि शुल्क प्रवेश पाउने भएका छन् । आयोजकका अनुसार प्रतियोगिताका म्याचहरूमा यसअघि १०० रुपैयाँ टिकट तोकिएकोमा आजदेखि निस्शुल्क गरिएको हो ।

National Life

नेपाल क्रिकेट संघ (क्यान) को आधिकारिक टी-२० प्रतियोगिताका रूपमा रहेको नेपाल टी-२० गत शनिवारबाट सुरु भएको थियो । यस प्रतियोगितामा ६ वटा फ्रेन्चाइज टिमहरूले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले ५५ लाख रुपैयाँ पाउने पूर्व घोषणा गरिएको छ । यस प्रतियोगिताको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्सले गर्छ ।


आयोजक स्रोतका अनुसार दर्शकहरूलाई घरेलु क्रिकेटप्रति आकर्षण बढाउनका लागि प्रवेश निस्शुल्क गरिएको हो । निःशुल्क अफर कति दिनलाई हो भन्ने चाहिँ खुलाइएको छैन ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया