• १३ असोज २०८३, मंगलबार
  • ६ः२६ बिहान

बागलुङ केन्द्रविन्दु भएर तीनपटक भूकम्प

प्रकाशित मिति

२०७९ पुष १३ गते, बुधबार ०८:३०

१३ पुष, २०७९, बागलुङ: बागलुङ जिल्लाका विभिन्न स्थान भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए राति जिल्लाका विभिन्न स्थान केन्द्रविन्दु भइ तीनपटक भूकम्प गएको हो।

National Life

केन्द्रका अनुसार १ बजेर २३ मिनेट जाँदा बागलुङको अधिकारी चौर आसपास केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केल, २ बजेर सात मिनेट जाँदा खुङ्गा आसपास केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केल तथा बिहान ३ बजेर २८ मिनेट जाँदा अधिकारी चौर आसपास केन्द्रविन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको हो।


उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भएको सो केन्द्रले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालको हिमालय क्षेत्र भूकम्पका लागि जोखिमको क्षेत्र भएको केन्द्रले जनाएको छ।

प्रतिकृया