• १२ असोज २०८३, सोमबार
  • २ः२८ राती

बैंक अफ काठमाण्डू लिमिटेडद्वारा क्लियरिङ्गका चेक मेसिनबाट जम्मा गर्ने सेवाको शुभारभ्भ

प्रकाशित मिति

२०७९ पुष १२ गते, मंगलवार ०५:१२

१२ पुस २०७९, काठमाडौँ : बैंक अफ काठमाण्डू लिमिटेडले डिजिटल कारोबारलाई प्रर्वद्धन गर्ने अभिप्राय सहित विभिन्न सेवाहरुलाई डिजिटल तवरले प्रदान गर्दै आईरहेकोमा आफ्नो ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै अब बैंकमा अन्य बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी हुनेगरी खिचिएको क्लियरिङ्ग चेकहरु कियोस्क(KIOSK)मेसिन मार्फत जम्मा गर्नसकिने सेवाको शुभारभ्भ गरेको छ । यस नयाँ सेवा मार्फत ग्राहक महानुभावहरुले बिना कुनै झन्झट सजिलैसंग मेसिनमा चेक जम्मा गर्न सक्नुहुनेछ ।

National Life

यस सेवाको शुभारभ्भ पश्चात् ग्राहक महानुभावहरुले भौतिक रुपमा कुनै भौचर नभरिकन केबल आफ्नो जम्मा गर्नुपर्ने क्लियरिङ्गका चेकहरु मेसिनबाट सोझै आफ्नो खातामा जम्मा गर्न मिल्ने ब्यवस्था रहेको छ । ग्राहक महानुभावहरुलाई सहज बैंकिङ्ग प्रदान गर्नपर्छ भन्ने अभिप्रायले बैंकले ल्याएको यस सुबिधामा ग्राहक महानुभावहरुले चेक जम्मा गर्ने मेसिनमा जम्मा गर्नुपर्ने खाता नम्बर, रकम, चेक जारी भएको मिति, चेक जम्मा गर्न आउनु भएका महानुभावहरुको सम्पर्क नम्बर तथा क्लियरिङ्ग सेसन लगायतका विवरणहरु राखे पश्चात् जम्मा गर्ने चेक स्क्यान गरी चेक जम्मा गर्नसक्नुहुनेछ ।


उक्त चेक जम्मा भएपश्चात् ग्राहक महानुभावहरुले चेक जम्मा भएको प्रमाणिकरणको लागि मेसिनबाट जारी हुने भौचर प्राप्त गर्नुहुनेछ । बैंकले उक्त सेवा हालको लागि आफ्नो मुख्य शाखा कार्यालय कमलादीमा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशभरका सम्पूर्ण शाखा कार्यालयहरुमा समेत विस्तार गर्ने योजना रहेको छ । कियोस्क (KIOSK) मेसिन मार्फत क्लियरिङ्ग चेक जम्मा गर्ने सेवाले चेक जम्मा गर्नको लागि भौतिक रुपमा भौचर भरी बैंकको चेक जम्मा गर्ने काउन्टरमा लाइन बसी चेकहरु जम्मा गर्नुपर्ने अवस्थाबाट ग्राहक महानुभावहरुलाई छुटकारा मिल्ने विश्वास बैंकले लिएको छ । बैंकले हाल १०४ शाखा कार्यालयहरु, ९४ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया