• १६ असोज २०८३, शुक्रबार
  • ११ः५१ बिहान

चीनसँगको भिडन्तबारे बोल्यो भारतीय सेना, भन्यो–हामी हरेक परिस्थितिका लागि तयार छौं

प्रकाशित मिति

२०७९ पुष १ गते, शुक्रबार १२:२१

१ पुस २०७९, काठमाडौँ : भारतीय सेनाको पूर्वी कमान्डका प्रमुख लेफ्टिनेन्ट जनरल आरपी कलिताले चिनियाँ सैनिकसँग भिडन्त भएको अरुणाचल प्रदेशको तवाङ सेक्टरको स्थिति अहिले नियन्त्रणमा रहेको बताएका छन् । यत्तिका वर्षसम्म किन समाधान भएन चीन–भारत सीमा विवाद?

National Life

शुक्रबार बिहान सञ्चारमाध्यमसँग कुरा गर्दै कलिताले भने, ‘चीनका सेनाले एलएसी पार गरेका थिए, जसको विरोध गर्दा दुवै पक्षका सैनिकहरू घाइते भए ।’ ‘स्थानीय तहमा यो विषय समाधान भइसकेको र बुम्लामा फ्ल्याग मिटिङ पनि भएको र अहिले स्थिति नियन्त्रणमा रहेको’ उनको भनाइ छ ।


यससँगै लेफ्टिनेन्ट जनरल आरपी कलिताले भने, ‘सेनाको हैसियतमा हामी आफ्नो देशको रक्षा गर्न सदैव तयार छौं । शान्ति होस् वा द्वन्द्व, बाह्य वा आन्तरिक खतराहरू विरुद्ध देशको क्षेत्रीय अखण्डता सुनिश्चित गर्नु प्राथमिक कार्य हो। हामी सबै परिस्थिति र आकस्मिक परिस्थितिका लागि तयार छौं।’ बीबीसी हिन्दी

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया