नाफिजको अध्यक्षमा ढकाल र महासचिवमा ढुंगाना निर्वाचित
प्रकाशित मिति
२०७९ मंसिर २९ गते, बिहीबार ०४:५४
२९ मंसिर २०७९, काठमाडौँ : नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को अध्यक्षमा पुनः मोदनाथ ढकाल निर्वाचित भएका छन् । नाफिजको बुधबार सम्पन्न छैठौं महासभाले ढकालको अध्यक्षतामा दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो । ढकाल दी राइजिङ नेपाल दैनिकमा आबद्ध छन् ।
समितिको उपाध्यक्षहरुमा मेनुका कार्की (हाम्रोअर्थ डटकम), परमेश्वर अधिकारी (नोटबजार डटकम), महासचिवमा नवीन ढुंगाना (अनलाइन खबर डटकम) , सचिवमा दीपक भट्ट (नेपालखबर डटकम) र कोषाध्यक्षमा दिलु कार्की (सिंहदरबार डटकम) निर्वाचित भएका छन् । महासचिवमा ढुंगाना निर्विरोध निर्वाचित भएका थिए ।
त्यसैगरी कार्यसमिति सदस्यहरुमा निकेश खत्री (रातोपाटी डटकम), विजय पराजुली (अनलाइन खबर डटकम), राजाराम न्यौपाने (नेपालप्रेस डटकम) र सविना कार्की (सेतोपाटी डटकम) चयन भएका छन् ।
प्रतिकृया