• १० असोज २०८३, शनिबार
  • १०ः५५ राती

तेश्रो नेत्रहीन टी-२० क्रिकेट विश्वकपमा नेपालले सहभागीता जनाउने

प्रकाशित मिति

२०७९ मंसिर १८ गते, आईतवार ११:५५

१८ मंसिर २०७९, काठमाडौँ: तेश्रो नेत्रहीन टी-२० क्रिकेट विश्वकपमा नेपालले सहभागीता जनाउने भएको छ । ५ देखि १८ डिसेम्बरसम्म हुने प्रतियोगिताका लागि १५ खेलाडीसहित २० सदस्यीय नेपाली टोली आइतबार भारत प्रस्थान गर्नेछ ।

National Life

भारतको दिल्ली र बैगलुरुमा हुने खेलका लागि खिमानन्द गैरेको कप्तानीमा सागर लामा, भरत चौलागाईं, राधेश्याम चौधरी, हेमबहादुर खत्री, टमबहादुर पाल, शान्तबहादुर पहरी, सुनिल राना, प्रेम क्षेत्री, युवराज भण्डारी, खेमराज सापकोटा, सुरेन्द्र तामाङ, नरेश चौधरी, सागर चेपाङ र शंकर रेग्मी रहेका छन् ।


टिम प्रशिक्षकमा नहेन्द्र निरौला, व्यवस्थापकमा तुम्रु उप्रेती तथा अफिसियलमा नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरे, महासचिव अमृत बराल र कोषाध्यक्ष उपेन्द्र श्रेष्ठ छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतियोगितामा नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका, भारत, दक्षिण अफ्रिका र अस्ट्रेलिया गरी सात राष्ट्रले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन् । लिगमा शीर्ष चार स्थानमा रहने टोली सेमिफाइनलमा पुग्ने नियमावली रहेको छ ।


नेपालले डिसेम्बर ६ मा भारतसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी सात डिसेम्बरमा बंगलादेश, ९ मा अस्ट्रेलिया, १० मा दक्षिण अफ्रिका, १३ मा श्रीलंका र १४ मा पाकिस्तानविरुद्ध प्रदर्शन गर्नेछ ।

प्रतिकृया