• १० असोज २०८३, शनिबार
  • ११ः२५ राती

उरुग्वेविरुद्ध जित निकाल्दै पोर्चुगल नकआउट चरणमा

प्रकाशित मिति

२०७९ मंसिर १३ गते, मंगलवार ०६:३०

१३ मंसिर २०७९, काठमाडौं : पोर्चुगल विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। सोमबार राति भएको खेलमा उरुग्वेलाई २-० गोलले पराजित गर्दै पोर्चुगल नकआउट चरणमा पुगेको हो। नकआउट पुग्ने पोर्चुगल दोस्रो देश बनेको छ। सोमबार उरुग्वे विरुद्धको खेलमा पोर्चुगलका लागि ब्रुनो फर्नान्डेसले दुई गोल गरेका हुन्।

National Life

पहिलो हाफ गोलरहित बराबरीमा ढुंगिएको थियो। दोस्रो हाफको ५४ औं मिनेटमा गोल गर्दै ब्रुनोले सुरुवाती अग्रता दिलाएका थिए। दोस्रो गोल भने इन्जुरी समयमा भएको थियो। उरुग्वेका जोसे जिमिनेजले पेनाल्टी क्षेत्रमा ह्यान्डबल गरेपछि पाएको पेनाल्टीको अवसरलाई ब्रुनोले सदुपयोग गरेका हुन्।


२ शून्यको जितसँगै पोर्चुगल समूह ‘एच’ नकआउट चरणमा पुगेको हो। दुइृ खेल खेलेको पर्चुगलले ६ अंक जोडेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया