• ११ असोज २०८३, आइतबार
  • ४ः५१ बिहान

ठुलो आवाज निकाल्ने २९ ओटा मोटरसाईकललाई ट्राफिक प्रहरीले कारवाहीको लागि वातावरण विभाग पठायो

प्रकाशित मिति

२०७९ मंसिर १२ गते, सोमबार १२:५२

१२ मंसिर, २०७९, काठमाडौं : ठुलो आवाज निकाली ध्वनि प्रदुषण गराउने २९ ओटा मोटरसाईकललाई ट्राफिक प्रहरीले नियन्णत्रमा लिएर आवश्यक कारवाहीको लागी वातावरण विभाग सिंहदरवार पठाएको छ । जसमध्ये १२ ओटा मोटरसाइकललाई वातावरण विभागले नगद रु १० हजार जरिवाना गराएको छ । वातावरण विभागद्वारा परिक्षण गर्दा मापदण्ड भन्दाबढि आवाज निकालेको पाइएकाले जरिवाना गराइएको हो ।

National Life

१७ ओटा मोटरसाइकलको सम्बन्धमा सोही विभागबाट आवश्यक अनुसन्धान भइरहेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट उपत्यकाका विभिन्न स्थानमा गरिएको बिशेष चेकिङको क्रममा २९ ओटा ठुलो आवाज निकाल्ने मोटरसाईकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । ठुलो आवाज निकाली सवारी साधन चलाउदा ध्वनि प्रदुषण हुनुका साथै मानविय स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने भएकाले त्यस्ता सवारी साधन नचलाउन हुन काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सम्बन्धित सबैलाई अनुरोध गर्नु भयो।

प्रतिकृया