• १० असोज २०८३, शनिबार
  • ११ः२७ राती

विश्वकप फुटबलः कोस्टारिकासँग जापान १–० ले पराजित

प्रकाशित मिति

२०७९ मंसिर ११ गते, आईतवार ०६:३१

११ मंसिर, २०७९, काठमाडौं : कतारमा जारी विश्वकप फुटबलमा कोस्टारिकाले जापानलाई पराजित गरेको छ। आइतबार कतारको अहमद बिन अलि स्टेडियममा भएको खेलमा कोस्टारिकाले जापानलाई १–० गोल अन्तरले हराएको हो। केयशेर फुलेरले खेलको ८१ औँ मिनेटमा गोल गर्दै कोस्टारिकाको जित सुनिश्चित गरेका हुन्।

National Life

खेलमा जापानले गोलका लागि केही अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन। पहिलो खेलमा जर्मनीलाई हराएर शानदार सुरुवात गरेको जापान दोस्रो खेलमा भने पराजित हुन पुग्यो। कोस्टारिका भने पहिलो खेलमा स्पेनसँग ७–० गोल पराजित भएको थियो।

प्रतिकृया