• ४ साउन २०८३, सोमबार
  • ७:५८ बेलुका

कैलालीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

प्रकाशित मिति

२०७९ मंसिर ११ गते, आईतवार ०५:०८

११ मंसिर, २०७९, काठमाडौं : कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका वडा नम्बर १० अमखैयामा शनिबार मोटरसाइकल पल्टिएर चालकको मृत्यु भएको हो। प्रहरीका अनुसार मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका ३ का ३६ वर्षीय टेकनाथ न्यौपाने रहेका छन्।


घाइते न्यौपानेको सुखडस्थित घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी चौकी पहलमानपुरले जनाएको छ। आइतबार से ५ प १३६२ नम्बरको उनी सवार मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको बताइएको छ।

Kamana Sewa

प्रतिकृया