• १० असोज २०८३, शनिबार
  • ११ः२७ राती

मेसी प्रेरित खेलमा अर्जेन्टिनाको पहिलो जित

प्रकाशित मिति

२०७९ मंसिर ११ गते, आईतवार ०७:०८

११ मंसिर, २०७९, काठमाडौ: पहिलाे खेलमा साउदी अरेबियासँग पराजित भएको अर्जेन्टिनाले आफ्नो दोस्रो खेलमा मेक्सिकोलाई २-० ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको छ।

National Life

जितसँगै अर्जैन्टिनाले नकआउटको सम्भावना कायम राखेको छ। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा अर्जेन्टिनाले दोस्रो हाफमा कप्तान लियोनेल मेसीको एक गोल र एक असिस्टमा २ गोलको अग्रता बनाएको थियो।


६४ औ मिनेटमा एञ्जल डि मारियाले दिएको क्रसलाई लियोनेल मेसीले करिब २० यार्डबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो। उनको यो जारी विश्वकपमा दोस्रो गोल समेत हो।

Classic Tech Mobile
Classic Tech Desktop

पहिलो गोल गरेपछि थप आक्रामक बनेको अर्जेन्टिनाले ८७औ मिनेटमा अग्रता दोब्बर बनाएको थियो। मेसीको पासमा इन्जो फर्नान्डेजले गोल गर्दै टिमको जित निश्चित गरेका थिए। जितसँगै अर्जैन्टिनाले निर्णायक खेलमा पोल्यान्डसँग प्रतिस्पर्धा गर्ने छ।


पहिलो खेलमा अर्जेन्टिना साउदी अरेबियासँग २-१ ले पराजित भएको थियो। मेक्सीकोले भने पोल्यान्डसँग गोलरहित बराबरी खेलेको थियो। पोल्यान्डले शनिबारनै भएको खेलमा साउदी अरेबियालाई पराजित गर्दै ४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। साउदी र अर्जेन्टिनाको समान ३ अंक भएपनि अर्जेन्टिना अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

प्रतिकृया