• ४ साउन २०८३, सोमबार
  • ९:४९ बेलुका

करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु

प्रकाशित मिति

२०७९ मंसिर १० गते, शनिबार ०४:३२

१० मंसिर २०७९, काठमाडौँ : दाङमा करेन्ट लगाएर माछा मार्ने क्रममा शनिबार दिउँसो एक जनाको मृत्यु भएको छ।तुलसीपुर उपमहानगरपालिका वडा नं। १६ मा ५० वर्षीय सुरेश डाँगीको दिउँसो साढे २ बजेतिर करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार डाँगीको घर कैलालीको भजनी हो।


उनी विगत १० वर्षदेखि दाङमा परिवारसहित बस्दै आएका थिए। स्थानीय तेन्डु चौधरीको उनीहरूले तार लगेर मल्वारे कुलोमा माछा मार्दै थिए। त्यही क्रममा करेन्ट लागेर सुरेशको मृत्यु भएको डिएसपी मल्लले बताए। अहिले घटनास्थल तर्फ प्रहरी पठाइएको र शव पोष्टमर्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइने तयारी गरिएको डिएसपी मल्लले जाकारी दिए।

Kamana Sewa

सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयकी गरिब तथा जेहेन्दार छात्रा खत्रीको पढाइमा सहयोग पुगोस् भन्ने उद्धेश्यले छात्रवृत्ति प्रदान गरिएको बैंकका शाखा प्रबन्धक पौडेलले बताए। हरेक वर्ष सिभिल बैंकको यो शाखाले गरिब तथा जेहेन्दर एक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ।

Classic Tech Desktop

प्रतिकृया