• ४ साउन २०८३, सोमबार
  • ३:२२ बिहान

इक्वेडर र नेदरल्याण्ड्सको बराबरीसँगै समूह चरणबाटै बाहिरियो कतार

प्रकाशित मिति

२०७९ मंसिर १० गते, शनिबार ०८:०३

१० मंसिर २०७९, काठमाडौँ : इक्वेडर र नेदरल्याण्ड्सको बराबरीसँगै आयोजक कतार विश्वकपको समूह चरणबाटै बाहिरिएको छ। खेलको पाँचौ‌ मिनेटमा नै कोडी गाक्पोको गोलमा नेदरल्याण्डले सुरुवाती अग्रता बनाएको थियो। तर त्यसलाई जोगाउन नसक्दा नेदरल्याण्ड्स विश्वकपमा समूह चरण पार गर्ने पहिलो टोली बन्न समेत चुक्यो।


अब उसले अन्तिम खेल कतारसँग खेल्ने छ। त्यो खेल जितेमा मात्रै नेदरल्याण्ड्स अन्तिम १६ मा पुग्ने छ। हारेमा भने अन्य टोलीको निताजामा भर पर्नुपर्छ। नेदरल्याण्डस्विरुद्ध खेलको ४९ औँ मिनेटमा क्वेडरले बराबरी गोल फर्काएको थियो। खेलको ४९ औँ मिनेटमा इनर भ्यालेन्सियाले गोल गर्दै इक्वेडरलाई बराबरीमा ल्याएका हुन्। भ्यालेन्सियाले आयोजक कतारविरुद्ध २ गोल गरेका थिए।

Kamana Sewa

आयोजक कतार विश्वकपको समूह चरणबाटै बाहिरिने पहिलो टोली बनेको हो। विश्वकपको पहिलो खेलमा नै पराजित हुँदै कतारले खराब इतिहास बनाएको थियो। विश्वकपको इतिहासमा लगातार पराजित हुने आयोजक पनि कतार नै बन्यो। विश्वकप आयोजक राष्ट्र कतार समुह चरणबाटै बाहिरने पहिलो टोली बनेको छ। यो अघि २०१० मा दक्षिण अफ्रिकाबाहेक विश्वकप आयोजक राष्ट्रले नकआउट चरण पार गरेका छन्।

Classic Tech Desktop

सन् २०१० मा नै विश्वकप आयोजनाको जिम्मा पाएसँगै कतारले सहभागिता टुङगो लागेको थियो। आयोजकको हैसियतमा विश्वकप खेलेको कतारले पहिलो पटक ठूलो अन्तर्राष्ट्रिय फुटबलमा स्पर्धा गरेको हो। घरेलु लिग खेलिरहेका खेलाडी समेटेर कतारले विश्वकपको तयारी सुरु गरेको थियो। इक्वेडरसँग २–० ले पराजित हुँदै कतारले विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक पराजित भएको पहिलो रेकर्ड बन्यो। यसअघि २१ विश्वकपका सबै उद्घाटन खेलमा आयोजकले जित दर्ता गरेका थिए।


यस्तै सन् १९७० मा मेक्सिको बाहेक हरेक टोलीले पहिलो खेलमा गोल गरेका छन्। जुन इतिहास कायम राख्न पनि पनि कतार चुक्न पुग्यो। समूह चरणको दोस्रो खेलमा अफ्रिका नेसन्सको च्याम्पियन टोली सेनेगलसँग ३–१ ले पराजित भएको हो। विश्वकपमा कतारको खराब प्रर्दशनका बाबजुद पनि फरवर्ड मोहम्मद मुन्तारीले भने किर्तिमान कायम गरेका छन्।


सेनेगलविरुद्ध गोल गरेका मोहम्मदले विश्वकपमा कतारबाट पहिलो गोलकर्ताको नाम लेखाए। पहिलो पटक विश्वकप खेलिरहेको कतारका लागि खेलको ७८ औँ मिनेटमा मोहम्मद मुन्तारीले उत्कृष्ट हेडर प्रहार गरेका थिए। जुसलाई चेल्सीबाट व्यवसायीक फुटबल खेल्ने गोलरक्षक उडउर्ड मेन्डीले बचाउने कुनै मौका पाएनन्। कतारले समूह चरणको अन्तिम खेलमा नेदरल्याण्डस्सँग खेल्नेछ।


समूह चरणका दुई खेलमा लगातार हार व्यहोरेसँगै कतार एक खेल अगावै अन्तिम १६ को दौडबाट बाहिरिने टोली हो। कतारले विश्वकपको समूह चरण पार गर्न नसकेपनि फुटबलका बलिया टोलीसँगको अनुभव आगामी दिनमा प्रयोगमा आउनेछ।

प्रतिकृया