• ११ असोज २०८३, आइतबार
  • १०ः३२ राती

आइएमई पेर बीग डिजिटलवीच सहकार्य, ट्रिपल वल्र्ड कप अफर

प्रकाशित मिति

२०७९ मंसिर ६ गते, मंगलवार ०२:२४

६ मंसिर २०७९, काठमाडौं : आइएमई पेर बीग डिजिटलवीच सम्झदारी गरिएको छ । समझदारी अनुसार कतारमा जारी विश्व कप फुटबलका रोमान्चकारी खेल हेर्न आवश्यक पर्ने टेलिभिजन सेटको खरिदकोभुक्तानी आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी गर्दा रू. १,००० फ्ल्याट छुट पाउनुहुनेछ । साथै, ग्राहकहरुले रू. ५,००० सम्मको स्क्र्याच कुपन र फ्री स्पिकर पनि पाउन सक्नुहुनेछ । यो अफर बीग डिजिटलका स्टोरहरुमा २०७९ साल मंसीर १ गतेबाट लागु भइ विश्वकप अवधिभर कायम रहनेछ ।

National Life

आइएमई पेको बारेमाः
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । “आइएमई पे” आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।


आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा त्तच् स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ ।

Classic Tech Mobile
Classic Tech Desktop

आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिब सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढि ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।

प्रतिकृया