• 3:22 pm

अमेरिकामा फेरि गोलीबारी : नाइटक्लबमा गोली चल्दा ५ को मृत्यु, कम्तीमा १८ को घाइते

प्रकाशित मिति

२०७९ मंसिर ४ गते, आईतवार ०६:१९

४ मंसिर, २०७९, काठमाडौँ: अमेरिकाको कोलोराडो राज्यमा एक समलिङ्गी नाइटक्लबमा शनिबार राति गोलीबारी हुँदा पाँच जनाको हत्या भएको छ । क्लब क्यु नामक उक्त नाइट क्लबमा भएको गोलीबारीमा अन्य १८ जना घाइते भएका छन् ।
राति ११ः५७ मिनेटमा आपतकालिन नम्बर ९११ मा कयौं फोन आएपछि प्रहरी घटनास्थल पुगेको कोलोराडो स्प्रिङकाका प्रहरी लेफ्टिनेन्ट पामेला क्यास्ट्रोले बताइन् ।


‘प्रहरीले एक जना संदिग्ध व्यक्तिलाई पक्राउ गरेर सोधपुछ गरिरहेको छ,’ क्यास्ट्रोले भनिन् । प्रहरीले आक्रमणको सम्भावित कारणबारे केही बताउन अस्वीकार गरेको छ । साथै गोलीबारी कसरी समाप्त भयो भन्ने विवरण पनि प्रहरीले सार्वजनिक गर्न बाँकी नै छ ।


कोलोराडो स्प्रिंग्सका अग्निनियन्त्रक निकायका क्याप्टेन माइक स्माल्डिनोले घटनास्थलबाट कयौं फोन आएपछि ११ एम्बुलेन्स घटनास्थल पुगेको जानकारी दिए । सामाजिक सञ्जालमा एक विज्ञप्तिमा, क्लब क्यूले ‘हाम्रो समुदायमा भएको मूर्खतापूर्ण आक्रमणबाट स्तब्ध भएको’ बताए । साथै क्लबले पीडित र उनीहरूका परिवारप्रति समवेदना प्रकट गरेको छ ।
सीएनएनबाट

प्रतिकृया