• ४ साउन २०८३, सोमबार
  • २:२२ बिहान

दार्चुलाको शैल्यशिखरमा ३ राउण्ड हवाई फायर, मतदान स्थगित

प्रकाशित मिति

२०७९ मंसिर ४ गते, आईतवार ०२:२९

४ मंसिर २०७९, काठमाडौँ : दार्चुलाको शैल्यशिखर नगरपालिका ५ मालिकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा हवाई फायर भएको छ । हवाई फायर पछि अहिले मतदान रोकिएको छ र मतदान सञ्चालनका लागि पहल भइरहेको छ । मतहाल्न पुगेका एक जना मतदाताको मत पहिल्यै अरुले हालेको पाएपछि भएको समान्य विवादका क्रममा प्रहरीले सम्झाउने क्रममा एक जना महिलाको टाउकोमा लठ्ठीले लागेको थियो ।


त्यसपछि स्थानीयबासिन्दाले आक्रोशित हुँदै ढुंगामुठा गर्न थालेपछि ३ राउण्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया