• 11:38 am

हुम्लाको डाँफे मतदान केन्द्रमा झडप, असई घाइते

प्रकाशित मिति

२०७९ मंसिर ४ गते, आईतवार ०२:२३

४ मंसिर २०७९, काठमाडौँ : हुम्लाको चङ्खेली गाउँपालिका वडा नम्बर ५ को डाँफे मतदान केन्द्रमा झडप हुँदा त्यहाँ कार्यरत एकजना असई घाइते भएका छन् । घाइते हुनेमा सहायक निरीक्षक (असई) रामकुमार चौधरी रहेको हुम्लाका प्रमुख जिल्ला अधिकारी सिता परियारले जानकारी दिइन् ।


वारेसनामा भोट हाल्न नदिएको भन्दै झडप भएको थियो । उनका अनुसार झडपलाई नियन्त्रण गर्नका लागि अहिले मतदान रोकिएको छ।

प्रतिकृया