• १२ असोज २०८३, सोमबार
  • २ः४४ राती

अमेरिकी सभामुखबाट पेलोसीको राजीनामा

प्रकाशित मिति

२०७९ मंसिर २ गते, शुक्रबार ०७:३८

२ मंसिर २०७९, एजेन्सी : तल्लो सदनमा रिपब्लिकनले बहुमत ल्याएसँगै न्यान्सी पेलोसीले अमेरिकी सभामुखबाट राजीनामाको घोषणा गरेकी छिन्। नयाँ पुस्तामा प्रतिनिधिसभाको नेतृत्व सुम्पन भन्दै पेलोसीले नेतृत्व छोड्ने घोषणा गरेको रोयटर्सले जनाएको छ।

National Life

‘मलाई दिइएको जिम्मेवारीप्रति म कृतज्ञ छु। नयाँ पुस्ता पनि यो अद्भुत जिम्मेवारी लिन सक्षम भएकी छिन्। उनीहरूको नेतृत्व चाहनाका लागि र युवा पुस्तालाई जिम्मेवारीको अवसर दिन चाहन्छु,’ पेलोसीले भनेकी छिन्।


८२ वर्षीय पेलोसीले सान्फ्रान्सिस्कोबाट सन् १९८७ बाट निरन्तर संसदमा प्रतिनिधित्व गर्दै आएका छिन्। सन् २०२१ मा कमला ह्यारिस उपराष्ट्रपतिमा चयन हुनुअघिसम्म अमेरिकाको सर्वोच्च पदमा पुग्ने एक मात्र महिला नेतृ पेलोसीनै थिइन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया