• १ असोज २०८३, बिहीबार
  • १ः३१ राती

काठमाडौंका सुकुम्बासी र भूमिहीनलाई उनीहरु बसेको स्थानबाट हटाउन खोजिएको भन्दै प्रकाशमानको आपत्ति

प्रकाशित मिति

२०७९ मंसिर १ गते, बिहीबार ११:१८

१ मंसिर २०७९, काठमाडौँ: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौंका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुलाई निर्वाचनको समयमा हटाउन खोजिएको भन्दै आपत्ति जनाएका छन्। यो काम निर्वाचन आचारसंहिता विपरीत हुने उनले जिकिर गरे ।

National Life

काठमाडौं महानगरपालिका वडा नम्बर ३१ जागृतीनगरको बस्तीमा आज बिहान आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं क्षेत्र नम्बर १ उम्मेदवारसमेत रहेका सिंहले भूमि आयोगको प्रतिवेदनका सुझाव नआएसम्म प्रतिक्षा गर्नुपर्ने बताए।


बागमती नदी किनारका बस्ती हटाउन सूचना जारी गरिएकोमा आपत्ती जनाउँदै उनले भने, ‘बागमती सभ्यता सर्वाधिकार सम्पन्न समिति ले राष्ट्रिय भूमि आयोगको प्रतिवेदनमा जुन सुझावहरु दिइएको हुन्छ, ती सुझावहरुलाई कार्यान्वयन गर्ने समयसम्म हामी सबै त्यसको प्रतिक्षामा बस्नुपर्छ ।’ अव्यवस्थित बसोबास, जोखिमपूर्ण बसोबास, सुकुम्वासी र भूमिहीनको उचित समाधान निकाल्नका लागि सरकारले नीति बनाएर व्यवस्थित गर्नुपर्ने उनले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

आफूले अरु दलका नेताहरुले जस्तो झुठो आश्वासन नदिने बताउँदै उनले भूमि आयोगको प्रतिवेदनका सुझावमा सरोकारवालासँग पनि छलफल गर्ने र समस्याको समाधान निकाल्ने कुरा विश्वस्त रहन आग्रह गरेका छन् ।


सुकुम्वासी र भूमिहीनका इच्छा, आकांक्षा र चाहनालाई पूरा गर्नका लागि प्रतिबद्ध रहेको बताउँदै उनले भने, ‘तपाईंहरुले कत्तिको ख्याल गर्नु भएको छ, मैले यो कुरा संसदमा होस् वा सार्वजनिक कार्यक्रममा पनि बोल्दै आएको छु,’


उनले भूमिहीन र सुकुम्वासीहरुको समस्याको समाधान आफुहरुले मात्रै गर्ने सक्ने जिकीरसमेत गरे। कुन उम्मेदवारलाई जिताउँदा आफ्नो भविष्य राम्रो हुन्छ भन्ने लेखाजोखा गरेर मतदान गर्न उनले आग्रह गरे।

प्रतिकृया