• ११:३८ २०८१ बैशाख ७ गते
  • 11:38 am

एनएमबि बैंकले ऋण चुक्ता नगर्ने जिसी व्यापार केन्द्रको घरजग्गा बिक्री गर्दै

प्रकाशित मिति

२०७९ मंसिर १ गते, बिहीबार १०:५७

१ मंसिर २०७९, काठमाडौं : भैरहवामा दर्ता भएको जि.सी व्यापार केन्द्रले बैंकबाट लिएको ऋण चुक्ता नगरेको हुँदा धितो लिलाम गर्ने भएको हो । जि.सी व्यापार केन्द्रले सम्पत्तिहरू धितो सुरक्षण राखी बिभिन्न कर्जा शिर्षक अन्तर्गत कर्जा लिएकोमा तोकिएको म्याद भित्र कर्जा भुक्तानी नगरेको र कर्जा भुक्तानी गर्न बैंकले बारम्बार ताकेता गर्दा पनि ध्यान नदिएको हुँदा धितो सुरक्षणमा राखिएको सम्पत्तिहरू लिलाम बिक्री गर्ने भएको हो ।


बैंकले यसअघि पनि धितो लिलाममा राखेको भएपनि सम्पत्तिहरू बिक्री हुन नसकेकोले पूनः धितो सुरक्षणमा रहेको सम्पत्तिहरू गोप्य शिलबन्दी बोलपत्रद्वारा लिलाम बिकि गरिने बैंकले जनाएको छ । बैंकको सुरक्षणमा रहेको सम्पतिहरू खरिद गर्न इच्छुकहरूले सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कर्जा असूली विभागमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । ८ औ दिनका दिन अर्थात मंसिर ८ गते १ बजे बैंकको कर्जा असूली विभागमा गोप्य शिलबन्दी खोलिने छ ।


रूपन्देहीको सिद्धार्थनगर नगरपालिका १३ बस्ने ओम बहादुर जि।सी।को नाममा रहेको कित्ता नम्बर ३६ र २१९ को क्षेत्रफल क्रमशः ३०५.०७ र ७५३.१० वर्गमीटरको जग्गा र जग्गामा बनेको घरटहरा लगायत सम्पूर्ण सम्पत्ति बिक्रीमा राखेको हो ।

nmb bank rin chukta

प्रतिकृया