• १ असोज २०८३, बिहीबार
  • ७ः०३ बेलुका

नेशनल लाइफ इन्स्योरेन्सको नाफा ११ करोडभन्दा माथि पुग्यो

प्रकाशित मिति

२०७९ कार्तिक ३० गते, बुधबार ०२:३८

३० कात्तिक २०७९, काठमाडौँ : नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको असोज मसान्तसम्म ११ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको प्रथम त्रैमाससम्म कम्पनीले ८ करोड ६७ लाख मात्र नाफामा थियो। गत वर्षको तुलनामा कम्पनीको नाफा ३५ प्रतिशतले वृद्धि भएको हो। पहिलो त्रैमासमा कम्पनीले ४ अर्ब १८ करोड खुद बीमा शुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ४४ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो। गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क २१.२५ प्रतिशतको वृद्धि भएको छ।

National Life

कम्पनीले यो अवधिमा दाबी भुक्तानी ५६.४२ प्रतिशतले बढेको छ। जसमा कम्पनीले चालु आर्थिक वर्षमा २ अर्ब ११ करोड खुद दाबी भुक्तानी गरेको छ। कम्पनीले ७४ करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ।लगानी कर्जा तथा अन्य आयबाट कम्पनीले ८८ करोड २५ लाख र बीमालेख धितो राखेर कर्जाबाट १७ करोड ७० लाख रुपैयाँ आय गरेको छ।अभिकर्ता कमिसनमा ४१ करोड ८४ लाख खर्च गरेको छ। व्यवस्थापन खर्च २७ करोड रुपैयाँ छ।


४ अर्ब ३ करोड चुक्ता पुँजी भएको यस कम्पनीको जगेडामा ७७ करोड २५ लाख संचित छ। गत वर्षको भन्दा जगेडा कोष १९.५७ प्रतिशतले घटेको हो। जीवन बीमा कोषमा ५३ अर्ब ७७ करोड छ। गत वर्षको तुलनामा जीवन बीमा कोष १९.७७ प्रतिशतले वृद्धि भएको छ। महाविपत्ति कोषमा ३६ करोड रुपैयाँ सञ्चित रहेको छ। कम्पनीको प्रति सेयर आम्दानी ११ रुपैयाँ ६१ पैसा र प्रति सेयर नेटवर्थ १२८ रुपैयाँ ९ पैसा छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया