• २५ भदौ २०८३, बिहीबार
  • ३ः०५ राती

आजको मौसम : पहाडी क्षेत्रमा वर्षा र हिमालमा हिमपातको सम्भावना

प्रकाशित मिति

२०७९ कार्तिक २९ गते, मंगलवार ०७:४८

२९ कार्तिक २०७९, काठमाडौं : मंगलबार देशका केही क्षेत्रमा वर्षाको हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कर्णालीका हिमाली भूभागका थोरै स्थान तथा बाँकी हिमाली भूभागको एक वा दुई स्थानमा हल्का हिमपातको आकलन पनि गरिएको छ।

National Life

राति प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपात हुने ठानिएको छ। बुधबार प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। हिमाली भूभागका एक वा दुई स्थान हल्का हिमपातको प्रक्षेपण गरिएको छ। हाल देशमा पश्चिमी वायुको हल्का प्रभाव रहेको छ।

प्रतिकृया