निर्वाचनमा खटिने पर्यवेक्षकका लागि अभिमुखीकरण
प्रकाशित मिति
२०७९ कार्तिक २८ गते, सोमबार ०७:३३
२८ कात्तिक, २०७९, सिमकोट : मंसिर ४ गतेको निर्वाचनमा खटिने पर्यवेक्षकलाई अभिमुुखीकरण गरिएको छ। निर्वाचनको दिन मतदान कार्य भइरहेका बेला त्यस बेलाको अवस्था पर्यवेक्षण गर्दा अपनाउनुपर्ने पक्षबारे पर्यवेक्षकलाई अभिमुखीकरण गरिएको हो।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा जिल्लाका सात वटै गाउँपालिकामा मतदानको दिन खटिने पर्यवेक्षकका लागि अनुुशिक्षण प्रदान गरिएको हो। नियोग हुम्लाका प्रतिनिधि अर्जुन बोहराले मतदान, पूर्व, मतदानका दिन र मतदानपछि हुुने हरेक गतिविधिको पर्यवेक्षणमा खटिने पर्यवेक्षकले गर्न हुने र नहुने कार्यबारे जानकारी गरिएको बताए।
मतदान कार्यमा समावेशी र अपांगतामैत्रीको अवस्थाबारे पनि जानकारी गरिएको थियो। त्यसैगरी कार्यक्रममा मतदान स्थलमा महिलाका लागि छुुट्टै लाइन खटिएका महिला प्रहरी, अपांगत मतदाताका लागि सहज मतदानको अवस्थाबारे पर्यवेक्षण गर्नुपर्ने जानकारी गरिएको थियो।

नियोकका अर्का प्रतिनिधि पर्वत सुनारले पर्यवेक्षणसम्बन्धी कार्यपत्र प्रस्तुुत गरेका थिए। सो क्रममा उनले पर्यवेक्षकले रिपोर्टिङ गर्ने प्रतिवेदनमाथि पनि छलफल गरेका थिए। त्यसैगरी, पर्यवेक्षकले तीन किसिमको रिपोर्टिङ गर्नुपर्ने जसमा भाइबर, एसएमएस र फारम भरेर रिर्पाेटिङ गर्नु पर्नेछ। नियोकले सात वटा गाउँपालिकाका लागि १४ जना पर्यवेक्षक खटाएको छ।



प्रतिकृया